काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बदलिँदो राजनीतिक परस्थिति, राष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न लोसपाले फागुन १० गतेको कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बैठकमा छलफल हुने विषय शीर्ष नेताहरुले तय गरिसकेका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका विषयमा धारणा बनाउन बैठक बस्ने लोसपाले बतायो ।
लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने तयारी गरिरहेको छ । यस विषयमा सो पार्टीले अन्य दलहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेको छ । बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
Leave a Reply