Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोनालाई जित्नेको संख्या २६५० पुग्यो

    कोरोनालाई जित्नेको संख्या २६५० पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा बिहीबार थप ३१२ जनाले कोरोना संक्रमण जितेका छन् । यो संगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

    बिहीबार जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ जना पुरुष, गौरीशंकर कलेज रौतहटबाट ३ जना महिला र ७७ जना पुरुष, सर्लाहीबाट ६९ जना पुरुष, बलम्बुबाट १ जना पुरुष त्रि वि शिक्षण अस्पताल काठमाडौंबाट २ जना पुरुष, आइसोलेसन सेन्टर बाँकेबाट २ जना महिला र ४ पुरुष डिस्चार्ज भएका छन् ।



    यस्तै बर्दियाबाट २ जना महिला, बाँकेबाट ३ जना पुरुष, आइसोलेशन राप्ती शोनारी बाँकेबाट १ जना महिला र १० जना पुरुष, लायन्स डेन्टल आइसोलेसन बाँकेबाट ६ पुरुष कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    प्रवक्ता डा. गौतमका अनुसार प्रादेशीक अस्पताल सुर्खेतबाट ३ महिला र २९ जना पुरुष, दैलेखबाट १ जना पुरुष, प्रादेशीक अस्पताल धनुषाबाट ४ पुरुष, सप्तरीबाट ३ महिला र १२ पुरुष धनुषबाट ३ महिला र ४२ पुरुष र सिराहबाट १ जना पुरुष डिस्चार्ज भएका छन् ।

    आज डिस्चार्ज हुने ३ सय १२ जनामा १९ जना महिला र २९३ जना पुरुष रहेका छन् भने कुल डिस्चार्ज हुने २ हजार ६ सय ५० जनामा २ सय १६ जना महिला र २ हजार ४ सय ३२ जना पुरुष रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार