काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्थास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमितत प्रेस ब्रिफिङमा मन्त्रलयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज थप २ जनाको मृत्यु भएको जानकारी दिए ।
मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष र ललितपुरका अर्का एक पुरुष रहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो । गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उनी गत असार ८ गते आइसियूमा भर्ना भएका थिए। बुधबार राति निधन भएका उनको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेर झडप समेत भएको थियो ।
Leave a Reply