Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले भने- ‘सुदूरपश्चिम सरकार जोगिन्छ होला’

    प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले भने- ‘सुदूरपश्चिम सरकार जोगिन्छ होला’

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

    ३ बजे तय भएको बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।



    सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको विश्वासको मत नदिने अडान कायमै राखेपछि ओली पार्टी सचिवालय बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुगेका थिए ।



    प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा उनले भने,’सुदूरपश्चिमको सरकार जोगिन्छ होला । ठीकै छ ।’

    सरकार गठनको बेलामा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेपछि सरकार ढल्ने अवस्थामा पुगेको छ ।

    सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार