काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका दाइ डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगकाे सदस्य नियुक्त भएका छन् ।
अध्यक्ष डा. राउतले आफ्नो पार्टीको तर्फबाट जयकान्तलाई सिफारिस गरेपछि हिजो बुधवार प्रधानमन्त्री प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक समेत रहेका उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए ।
डा .जयकान्त राउत प्रतिनिधिसभाको चुनावमा सप्तरी–२ बाट निर्वाचन लडेका थिए । तर उनलाई जनता समाजवादी पार्टीका नवकिशोर साहले चुनाव हराएका थिए ।
सरकारले राष्ट्रिय योजना आयोगमा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूलाई ल्याएर नियुक्ति गर्ने गर्छ । आयोगमा विभिन्न क्षेत्रबाट ६ जना सदस्यलाई प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ ।
Leave a Reply