Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने

    उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्ने तय भएको हो ।

    बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो।



    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।



    संयन्त्रका संयोजक एमाले अध्यक्ष ओली हुन्। संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ।

    रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार