Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 552
    SHARES

    काठमाडौँ । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बनेको छ । बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो

    बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय गरेको छ ।



    बैठकपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्ने बताएका थिए । तर, उनको सचिवालयकाअनुसार बैठक बस्ने नबस्ने टुंगो भइसकेको छैन ।



    नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेसँगै लामिछानेको पार्टी सरकारबाट बाहिरिएको छ ।

    रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीले जसपाका भागमा परेकासहित ५ वटा मन्त्रालय आफै मातहत राखेका छन् ।

    अर्कोतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार