Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङमा कार्यरत इन्स्पेक्टर गिरी बने उत्कृष्ट प्रहरी

    बागलुङमा कार्यरत इन्स्पेक्टर गिरी बने उत्कृष्ट प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 765
    SHARES

    बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुपेन्द्र गिरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

    बागलुङ बजार क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नका लागि सीसी टीभीमार्फत निगरानी र अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।



    उनले बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र बैंकर्स एसोसियसन बागलुङसँग समन्वय गरेर करिब २५ लाख रुपैयाँ बराबरको स्रोत व्यवस्थापन गरेर १३४ वटा सीसी टीभी जडानका लागि म्यापिङ कार्य गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    उनले प्रहरी आवास सुधार कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम, फरार प्रतिवादी पक्राउ अभियान लगायतमा पनि उत्कृष्ट काम गरेको भनिएको छ ।

    त्यसवापत उनलाई प्रोत्साहन स्वरुप अभिलेखमा जाने गरी नगदसहित पुरस्कृत गरिएको जनाइएको छ । गिरी सर्लाही जिल्लामा कार्यरत रहँदा पनि महिनाको उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार