Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रुपन्देहीको देवदहमा बलात्कार आरोपमा शिक्षक पक्राउ

    रुपन्देहीको देवदहमा बलात्कार आरोपमा शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 591
    SHARES

    संकेतिक तस्विर

    रुपन्देही । रुपन्देहीको देवदहमा किसोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

    देवदह नगरपालिका ७ सितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।



    किशोरी विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको उजुरी प्रहरीकहाँ परेको थियो।



    शिक्षक गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय बुटवलले बतायो ।

    जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने त्यसपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए।

    उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार