कैलाली । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग कार्यालयले ९८ जना कर्मचारी माग गरेको छ ।
प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ सहायक चौथो तहका अप्राविधिक पदहरुमा ९८ कर्मचारी माग गरेको हो ।
जसमध्ये ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु÷रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ ।
उक्त विज्ञापनका लागि फागुन १७ गते सम्म आवेदन दिने म्याद तोकिएको छ ।
Leave a Reply