Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : नारायणकाजी श्रेष्ठ

    वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : नारायणकाजी श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 954
    SHARES

    सर्लाही । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् ।

    ‘पर्यटन प्रबर्द्धन तथा संस्कृति संवर्द्धन’को मुल नारासहित सर्लाहीको वाग्मतीमा आयोजित सातौँ राजर्षि जनककप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए ।



    मन्त्री श्रेष्ठले, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताए ।



    वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक न्यायसहितको समृद्धि सिर्जना गर्न चाहेको उल्लेख गर्दै उनले भने,’नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारीसहितको समृद्धि दिन ढिलो गर्न हुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार