Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधपछि प्रहरीले चलायाे गाेली

    कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधपछि प्रहरीले चलायाे गाेली

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट गएराति मृत्यु भएका पुरुषको शव व्यवस्थापनका क्रममा पोखरामा प्रहरी र स्थानीयबीच झडप भएको छ।

    शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।



    झडप नियन्त्रणमा लिनका लागि बिहीबार दिउँसो प्रहरीले हवाइ फायरसमेत गरेको छ।



    स्याङ्जास्थित आँधीखोला गाउँपालिका सिरुवारीका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–३२ मजुवाका स्थानीयले अवरोध गरेका थिए। अवरोध हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो।

    प्रहरीले खाल्डो खन्ने क्रममा स्थानीयहरु विरोधमा उत्रेका थिए। शवलाई व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि झडप भएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी गराए। स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो। विरोधमा उत्रेका ८ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सिमानामा व्यवस्थापन गरिएको थियो ।

    बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिले नै अवरोध गरेका थिए । त्यतिबेला पनि प्रहरी र स्थानीयबीच झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते हुन पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार