Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडौंमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

    काठमाडौंमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 4.6K
    SHARES

    काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

    टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बिहीबार बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानजमा खुल्न आएको प्रहरीले जनाएको छ।



    चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको र हाल शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

    महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार