झापा । झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन्।
उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्।
मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पताल पुर्याइएको थियो।
उनको त्यहाँ उपचार क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले बतायो ।
विद्यार्थीहरूले उनीमाथि शिक्षकले कुटपिट गरेका कारण आत्महत्या गरेको बताए। शव पोष्टमर्टमपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।
Leave a Reply