Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा

    झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 642
    SHARES

    महोत्तरी । नक्कली आमा-बुबा खडा गरेर नेपाली नागरिकता लिन खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    महोत्तरी प्रहरीले आफ्ना मामा माइजुलाई बुबा(आमा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा एक भारतीय युवकलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत वडा नम्बर –१० बस्ने बुवा धर्मेन्द्र कुमार र आमा शैल देवीका छोरा १८ वर्षीय आकाश कुमार साह रहेका छन् ।



    महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुबा-आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेका आकाश कुमार साहलाई नागरिकता बनाउनु अगाडि सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको भेटिएको हो ।

    कर्मचारी टोलीले उनीसँग आवश्यक सोधपुछ गर्दा उनी भारतीय नागरिक ठहरिएपछि उनलाई तत्कालै पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार