Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

    उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

    प्रधानमन्त्री प्रचण्डले भने- संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संयन्त्रको बैठक बोलाउने निर्णय गरेका हुन् ।

    उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो।



    ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’



    गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको छ। ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन्। सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ ।

    यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो। यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ।

    राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार