Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने, सङ्कटमा मुख्यमन्त्री रावल

    नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने, सङ्कटमा मुख्यमन्त्री रावल

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 870
    SHARES

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ ।

    विश्वासको मत लिने प्रयोजनका लागि भोलि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।



    राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीले बताएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।



    पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा माओवादीका ११ सभामुख सहित, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

    यी दलले विश्वासको मत दिए मुख्यमन्त्री रावलले २८ मत पाउँछन् । सभामुखले मत दिन नपाउँदा २७ मत पाउँदा विश्वासको मत प्राप्त हुन्छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन लचक नभएपछि अहिले सरकार संकटमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार