Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले सम्हाले थप २ मन्त्रालयको जिम्मेवारी

    प्रधानमन्त्री प्रचण्डले सम्हाले थप २ मन्त्रालयको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 522
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले सरकार छोडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छन्।

    प्रधानमन्त्री प्रचण्डको जिम्मा थप २ मन्त्रालय परेको हो। यस अघि रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले नै सम्हाल्दै आएका थिए।



    राष्ट्रपति कार्यलयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको जनाएको छ।



    रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले राजीनामा दिएका थिए।

    उनीहरुको राजीनामा स्वीकृत भएसँगै रिक्त २ मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार