रूपन्देही । लुम्बिनीमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम रोक्न माग गर्दै प्रदर्शन भएको छ ।
संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् । २१ गतेबाट गर्ने भनिएको रामकथा वाचन ३ दिन पछाडि सारेर आयोजक रामकथा प्रेमयज्ञ समितिले मंगलबारदेखि रामकथा वाचन कार्यक्रम राखेको छ ।
उक्त कार्यक्रम हिन्दु धर्मसँग सम्बन्धित भएको र बुद्धको जन्मस्थलमा गर्न नहुने भन्दै नेपालका केही बौद्धधर्मसँग सम्बन्धित संस्थाहरूले विरोध जनाउँदै आएका थिए।
सोही क्रममा सोमबार बिहानैदेखि विभिन्न स्थानबाट ब्यानरसहित लुम्बिनी पुगेको टोलीले प्रदर्शन गरिरहँदा स्थानीय त्यसको प्रतिकारमा उत्रेपछि लुम्बिनीमा केहीबेर असामान्य स्थिति सिर्जना भएको थियो।
Leave a Reply