Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • निलम्बित सांसद चौधरीको मुद्दामा उच्च अदालतले जारी गर्‍यो कारण देखाउ आदेश

    निलम्बित सांसद चौधरीको मुद्दामा उच्च अदालतले जारी गर्‍यो कारण देखाउ आदेश

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 813
    SHARES

    धनगढी । कैलाली जिल्ला अदालतको फैसलाअनुसार जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको छ।

    उच्च अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालत समेतका नाममा आदेश जारी गरेको हो।



    यस्तै, निवेदनमा माग गरिएअनुसार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि अदालतले गरेको छ।



    गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर  कैलाली–२बाट जितेका हुन्।

    आफूलाई दोषी ठहर गर्ने फैसला बदर हुनुपर्ने र आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित चौधरी पक्षले उच्च अदालत दिपायलयमा पुनरावलोकन निवेदन दिएको थियो।

    १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो। अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो।

    अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार