Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टर्की भूकम्पमा निधन भएकाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    टर्की भूकम्पमा निधन भएकाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 666
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका हुन् ।



    स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको  थियो।



    भूकम्पमा परी अहिलेसम्म ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार