Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – सरकारी वकिलले दिने सेवा प्रभावकारी बनाउनुपर्छ

    प्रधानमन्त्री प्रचण्डले भने – सरकारी वकिलले दिने सेवा प्रभावकारी बनाउनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 492
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फौजदारी कानून तथा संहिताको प्रभावकारी कार्यान्वयन प्रभावकारी बनाउनका सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    महान्यायाधिवक्ताको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने, ‘योजनाबद्ध ढंगले सरकारी वकिलको कार्य सम्पादनमा सुधार, व्यावसायिकता विकास र संस्थागत सुधारका कार्यक्रमहरूलाई अगाडि बढाउन महान्यायाधिवक्ताको कार्यालयबाट पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरिँदै आएको छ ।



    महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमा नेपाल सरकारले यथोचित सहयोग र साधन स्रोत उपलब्ध गराउने छ ।’

    प्रचण्डले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए।

    उनले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार