Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुपरमाई हाइड्रोपावरको आईपीओ बिक्री खुला

    सुपरमाई हाइड्रोपावरको आईपीओ बिक्री खुला

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 672
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २३ माघ सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।



    कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएकेा थियो । जसमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्कासन गरिसकेकेा छ ।



    त्यस्तै २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला गरेको छ ।

    सोमबारदेखि आवेदन खुलेको आईपीमोमा छोटोमा २६ माघ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने म्याद ८ फागुनसम्म थप हुनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको आईपीओ निष्कासनको लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार