दाङ । मधेस प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकरप्रसाद कलवार जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
बारा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन् ।
मधेश प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।
Leave a Reply