Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

    रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

    आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।



    रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका छन् ।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

    आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार