काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छन् ।
शनिबार शीतल निवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिती थियो ।
राष्ट्रपति भण्डारीसहित कर्मचारीले समेत फिल्म हेरेका थिए । फिल्मको स्क्रिनिङमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अञ्जना बराइली लगायतको उपस्थिती थियो ।
एकल पुरुषको पुनर्विवाहको कथामा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
फिल्मलाई यो वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मको रुपमा लिइएको छ ।
Leave a Reply