काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको विकास, सुशासन, भष्टाचार नियन्त्रण, गरिबी निवारणलगायत काम गर्ने बताएका छन् ।
आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
ओलीले सत्ता मोहले नेपालको राजनीति प्रणाली अराजक उन्मुख हुँदै गएको बताए । उनले सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको पक्षमा नहुने जिकिर गरे ।
ओलीले भने,’सकारात्मक सरकार बनेको छ । यो सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन ।’
उनले नेपाली कांग्रेसले विकास नदेखेको र नसोचको आरोप समेत लगाए । अध्यक्ष ओलीले जस्तोसुकै बाटो र विधि अपनाएर सत्तामा पुग्ने नीतिलाई लोकतन्त्र भन्न नसकिने बताए।
राष्ट्रिय हितलाई तिलाञ्जली दिएर भएपनि सत्ता प्राप्त गर्ने व्यवहारले राज्यका सबै प्रणालीहरू समाप्त हुँदै गएको उनको भनाइ छ।
Leave a Reply