Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नयाँ नक्सा पारित भएकोमा राष्ट्रपति भण्डारीले दिइन दलहरूलाई धन्यवाद

    नयाँ नक्सा पारित भएकोमा राष्ट्रपति भण्डारीले दिइन दलहरूलाई धन्यवाद

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 4.4K
    SHARES

    काठमाडौं। नेपालले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा संसदबाट पारित गरेकोमा  राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएकी छिन् ।

    शीतलनिवासमा बुधबार बेलुका राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएको भन्दै धन्यवाद दिएको एक नेताले वताए।



    राष्ट्रपति  भण्डारीले राष्ट्रियताको सवालमा देशभरका दल एकजुट भएकोले बधाई दिन  बोलाएको ती नेताले वताए।
    राष्ट्रपतिले देश कोरोना महामारीको जोखिममा छ, सबैले सहयोग गर्नुपर्ने पनि बताएकी थिइन् ।



    कोरोनालाई परास्त गर्न सबैलाई सहयोग गर्न उनले आग्रह गरेकी थिइन् ।  छलफलमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति, सभामुखसहित राजनीतिक दलबाट शीर्ष नेताहरू सहभागी थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार