Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले रविलाई भने – अहिले तपाईंलाई केही दिन सक्दिन, विकल्प सोच्नुस्

    प्रधानमन्त्री प्रचण्डले रविलाई भने – अहिले तपाईंलाई केही दिन सक्दिन, विकल्प सोच्नुस्

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 603
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् ।

    आइतबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रास्वपा सभापति लामिछानेलाई प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।



    भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।



    गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका रविलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएको बालुवाटार स्रोतले बतायो ।

    एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन सकने बताएपछि रवि रिसाएर बाहिरिएका थिए ।

    अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार