काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्।
आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्ने गरी नीति, निर्माण गर्नुपर्ने बताए।
उनले प्राथमिक र आधारभुत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने जिकिर गरे।
नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताए।
Leave a Reply