Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमद्वारा फाइभजी परीक्षण सुरू, सर्वसाधारणले तत्काल चलाउन नपाउने

    नेपाल टेलिकमद्वारा फाइभजी परीक्षण सुरू, सर्वसाधारणले तत्काल चलाउन नपाउने

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 696
    SHARES

    काठमाडाैं । नेपाल टेलिकमले आज आइतबारदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरू गरेकाे छ ।

    १९ औं वार्षिकाेत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको हो । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण सुरू गर्न थालिएको छ ।



    कम्पनीले आन्तरिक परीक्षण सुरु गरेको भएपनि तत्कालका लागि भने सर्वसाधारणले फाइभजी चलाउन नपाउने भएका छन् ।



    सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्यून भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्यून रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

    परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीको योजना रहेको टेलिकमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार