Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • रास्वापासँग कुरा हुँदैछ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    रास्वापासँग कुरा हुँदैछ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको समस्याको समाधान हुने बताएका छन्।

    शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’



    गृह मन्त्रालय पाउनपर्ने माग राख्दै रवि लामिछाने नेतृत्वको रास्वपाले २ दिनको समय दिएको छ। बिहीबार २ दिनको समय दिएको रास्वपाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको जवाफ कुरेर बसिरहेको छ।

    त्यस्तै, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नपर्ने निश्कर्ष पनि माओवादीले निकालेको छ। बिहीबार बसेको उसको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन आज सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार