Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ

    प्रधानमन्त्री प्रचण्डले भने – देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले माओवादी आन्दोलनको मुद्दाको वरिपरि रहेको बताएका छन् ।

    आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले जित हासिल गरेको बताएका हुन् ।



    प्रचण्डले भने,‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ ।तर, एउटा प्रश्न त आउँछ नै ।



    एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन ।’

    प्रधाननमन्त्री प्रचण्डले माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बनेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार