Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • फुटको सँघारमा सत्ता गठबन्धन

    फुटको सँघारमा सत्ता गठबन्धन

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ ।

    आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा रहेको देखिन्छ । गृह मन्त्रालयको विवाद सिर्जना र त्यसैकारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धन फुटको प्रस्थानबिन्दु पुगेको छ ।



    गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विरुद्धमा बोल्न नपाई, बोले स्पष्टीकरण सोधिने प्रधानमन्त्री प्रचण्डले चेतावनी दिए पनि पछिल्लो समय सत्तारूढ दलकै सांसदहरू वाद प्रतिवादमा उत्रिनुले सत्तासमीकरण बदलिनेमा समेत त्यसको प्रभाव पर्ने निश्चित रहेको छ ।



    नागरिकता विवादका कारण आफ्नो सबै पद गुमाएका र दोहोरो राहदानीको अनुसन्धान चलिरहेका बेला रास्वपा अध्यक्ष रवि लामिछानेले पुनः गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । केन्द्रीय समितिको बैठकबाट दुई दिनको समय दिइएको भए पनि पहिलो दिन बित्दासमेत केही प्रगति भएको छैन ।

    माओवादी केन्द्रका सचिव गणेश शाहले गैरसांसदलाई मन्त्री बनाउने अवस्था अहिले नभएको बताए । एउटालाई मन्त्री बनाउदा अर्कोले समेत मन्त्री हुने इच्छा राख्नु स्वाभाविक रहेको बताउँदै यस्तो निर्णय गर्दा झन् भद्रगोल हुने उनले बताए ।

    लामिछाने अहिले सांसद छैनन् । नागरिकता विवादपश्चात् सबै पद गुमाएका उनीमाथि दोहोरो राहदानी प्रयोगमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, रास्वपाले गृह पाउनैपर्ने दबाब दिँदैआएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार