काठमाडौं। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
मंसिर १७ मा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट ब्यूरोले उद्दार गरेको हो ।
सुनौली हुँदै गाडीमा राखेर नयाँदिल्ली र पहाडगञ्जमा लगेर आरोपीहरुले किशोरीलाई बन्धक बनाएको आरोप छ । तान्त्रिक बाबाको माग अनुसार ५ फिट ४ इन्च अग्ली र रजस्वला नभएकी किशोरीलाई आरोपीहरुले भारत लगेको अनुसन्धानबाट खुलेको छ ।
अथाह पैसा पाइने भन्दै एक गिरोहले नेपालकी एक बालिकालाई अपहरणशैलीमा भारतको दिल्ली पुर्याएको खुलेको छ । १६ वर्षीय बालिकाका आफन्तले बालिका हराएको भन्दै प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा उनलाई भारतको दिल्लीबाट उद्धार गरेको छ ।
Leave a Reply