काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई-सेवाबाट किन्न सकिने भएको हो ।
निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै ई(टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य लोकल वालेटबाट पनि टिकट काट्न सकिने प्रावधान सुरु गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय निगमको वेबसाइटबाट पनि टिकट काट्न सकिन्छ । निगमले आफ्ना १९ सीट जहाजमा फुल क्षमतामा भने उडान गर्न नसक्ने जनाएको छ । निगमले आफ्नो सीट क्षमता समेत सार्वजनिक गरेको छ ।
विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणहरुले प्रभाव पार्ने निगमको भनाइ छ ।
Leave a Reply