Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • निकुञ्जमा जरायो मारेको आरोपमा सांसदसहित ४७ जनाविरुद्ध मुद्दा दायर

    निकुञ्जमा जरायो मारेको आरोपमा सांसदसहित ४७ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 1K
    SHARES

    वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले जरायो मारेको घटनामा संलग्न रहेको आरोपमा ४९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको भन्दै दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।



    पर्सा क्षेत्र नम्बर ३ (१)का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५ (२)का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालविरुद्ध वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै निकुञ्ज कार्यालयले मुद्दा दायर गरेको छ ।



    गत पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तुको शिकार गर्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका थिए ।

    निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना सहितको टोलीले झापस दास थारू, नवराज बस्नेत, दामोदर अधिकारी, म्लाङदोङ तामाङ, विशाल सहनीलाई पक्राउ गरेको थियो ।

    पछि अनुसन्धानको क्रममा सुलन मिया अंसारी, भोला बहादुर पुन मगर समेतलाई पक्राउ गरी थुनामा राखेर सोधपुछ गरिएको थियो । अभियुक्त मध्ये १५ जना पक्राउ परेका छन् भने ३४ जना फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार