एजेन्सी । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा चलिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ ।
सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको डिब्बा छुट्टिएको हो ।
रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा आज बिहीबार भारतीय समय अनुसार बिहान ९:१५ बजे सुगौली र बेतिया स्टेशनको बीचमा छुट्टिएको हो ।
डिब्बा छुट्टिएर रेलको इन्जिनसहितको भाग अघि बढे पनि बाँकी ८ वटा डिम्बा लिगमै रोकिएका थिए । चल्दाचल्दै गरेको रेलको डिब्बा अचानक ईन्जिनसँग छुट्टिएपछि यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।
दुवै पटक डिब्बा छुटिए पनि कसैलाई कुनै चोटपटक लागेको छैन ।
Leave a Reply