Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • राजदूत भण्डारी र कुवेतका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

    राजदूत भण्डारी र कुवेतका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 675
    SHARES

    दोहा । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतको परराष्ट्र मन्त्रालय कन्सुलर मामिलाका लागि कार्यवाहक सहायक विदेश मन्त्री मेसल इब्राहिम अलमुधाफसँग भेट गरेका छन्।

    उनीहरुबीच बिहीबार कुवेतको परराष्ट्र मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो।



    भेटवार्तामा दुई देशबीचको दुईपक्षीय सहयोगात्मक सम्बन्धको अभिवृद्धि गर्ने बारेमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।



    दूतावासका अनुसार भेटमा विशेषतः कुवेतमा रहेका नेपाली कामदार, स्थानीय रोजगारीको बजारमा नेपालीहरूको माग र सहज पहुँचको व्यवस्था, हित प्रवर्द्धन तथा कन्सुलर सेवा प्रवाह लगायतका विषयमा पनि कुराकानी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार