Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमबाप्पेले बायर्न विरुद्ध च्याम्पियन्स लिगको खेल गुमाउने

    एमबाप्पेले बायर्न विरुद्ध च्याम्पियन्स लिगको खेल गुमाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 525
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलिएन एमबाप्पेले चोटका कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेल गुमाउने भएका छन् ।

    ‘थाई इन्जुरी’ का कारण करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएका हुन् । बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३-१ ले हराउँद एमबाप्पेले घाइते हुँदै मैदान छाडेका थिए ।



    २१ औं मिनेटमा मैदान छाड्नुअघि एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेका थिए । पीएसजीले फेब्रुअरी १४ मा घरेलु मैदानमा जर्मन च्याम्पियन्स बायर्न विरुद्ध खेल्नेछ ।



    यस्तै २४ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत मार्सेल विरुद्ध फेब्रुअरी ८ मा हुने खेल समेत गुमाउनेछन् । साथै फेब्रुअरी ११ मा हुने मोनाको विरुद्धको खेल पनि उनले गुमाउने छन् । एमबाप्पेले यस सिजन पेरिस क्लबका लागि २६ खेलमा २५ गोल गरेका छन् ।

    च्याम्पियन्स लिगमा बायर्न विरुद्धको दोस्रो लेग भने उनले खेल्न सक्ने सम्भावना छ । दोस्रो लेगको खेल मार्च ८ मा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार