Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राजविराजमा पहिलो बाल उद्यान बन्दै

    राजविराजमा पहिलो बाल उद्यान बन्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 6.4K
    SHARES

    राजविराज । राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ ।

    सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए । नगरपालिका क्षेत्रमा बाल उद्यान छैनन् । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने ले जानकारी दिए।



    सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिए।
    रासस



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार