Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • जापानबाट कोरिया हुँदै नेपाल आएका युवामा १००.५ डिग्री ज्वरो

    जापानबाट कोरिया हुँदै नेपाल आएका युवामा १००.५ डिग्री ज्वरो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    वीरेन्द्रनगर । काठमाडौंबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।

    अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने, “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था नरहेको छैन । ”



    प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो । रासस



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार