Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • साउदीमा अलपत्र ८०९ नेपाली उडे, शव उडेन

    साउदीमा अलपत्र ८०९ नेपाली उडे, शव उडेन

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    साउदी । कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका नेपाली हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् । हालसम्म ८०९ जनाले यात्रा गरेका छन् ।

    नेपाली दूतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको नामावली सार्वजिनिक गरेको छ ।



    साथै लामो समयदेखि दूतावास सेल्टरमा रहेका ४ जना महिलाले पनि पनि यात्रा गरेका छन् । यात्रा गरेका ४ मध्ये २ जना आफ्नै खर्चमा र २ जनाको अमृत पौड्यालको नेतृत्वमा संस्थागत रुपमा हवाई टिकट उपलब्ध भएको थियो । उडानको समय सहजीकरणका लागि विमानस्थलमा नेपाली दूतावास परिवारको समेत उपस्थित थियो।



    साउदी सरकारले अकामा नविकरणन गरेका ७४ जना नेपालीका लागि बहिगर्मन भिषा समेत जारी गरेको छ । जसका कारण उनीहरू चाडै स्वदेश फिर्ता हुने भएका छन् । कामको शिलशिलामा मृत्यु भएका १२० जना नेपालीको शव साउदी छ र जसका लागि दूतावासले सम्बन्धित निकायलाई जानकारी गराए पनि कोरोनाको समस्याका कारण गर्दा शवहरु यततत्र भएका छन् ।

    आफ्नै राष्ट्रको ध्वजावाहक नेपाल एयरलाइन्समा स्वदेश फिर्ता हुन पाए पनि नेपाली केही निराश भए। कोरोनाको त्रास सँगै अलपत्र परेरका बेला महंगो टिकटको शुल्क र उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि करिब ६ हजार नेपाली रुयैयाँ तिर्नुपर्ने बाध्यता उनीहरुलाई थियो।

    आपतमा सरकारले सहयोग नगरेको गुनासो उनीहरुको छ । पछिल्लो पटक सरकारले निर्धारण गरेको साउदीको रियाद रजेद्धा शहरबाट एकतर्फी हवाई टिकटको मूल्य करिब नेपाली ६८ हजार रुयैयाँ रहेको छ । सरकारले निर्धारण गरेको हवाई टिककको मूल्य नलिन र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सर्वोच्च आदेश आदेश दिए पनि त्यो कार्यान्वयन भएन ।

    चर्काे हवाई भाडाका कारण अलपत्र परेका थुप्रै नेपाली स्वदेश फर्कनबाट बञ्चित हुने र विदेशमै ज्यान गुमाउनु पर्ने अवस्था समेत आउने देखिन्छ ।

    साउदीअरेबियाले कोरोनाको असर संगै २१ जुन देखी पूर्ण रूपमा कर्फ्यु हटाएको छ तर माक्स अनिबार्य रुपमा लगाउने ,सामाजिक दूरी कायम राख्ने र ५० जना भन्दा बढि भीडभाड गर्न नपाइने, जस्ता नियम लागु गरेको छ भने अन्तराष्ट्रिय उडानका लागि सरकारले कुनै निर्णय लिएको छैन । घर बिदामा गएका कामदार कोरोना महामारी समाप्त नहुन्जेलसम्म साउदी फर्कन नपाउने निर्णय गरेको छ। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार