Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • सबैभन्दा धेरै च्याटजीपीटी सर्च गर्नेमा नेपाल विश्वकै पहिलो

    सबैभन्दा धेरै च्याटजीपीटी सर्च गर्नेमा नेपाल विश्वकै पहिलो

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । ‌ओपेन एआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी सञ्चालनमा ल्याएको च्याटबट ‘च्याटजीपीटी’ अहिले चर्चामा छ ।

    यसले केही टेक्स्ट कमान्डमा नै निबन्ध लेख्नेदेखि प्रोग्रामिङका लागि कोड लेख्नेसम्मका काम गर्छ ।



    गुगलमा च्याटजीपीटीबारे सर्वाधिक खोजी गर्ने देशको सूचीमा नेपाल सबैभन्दा पहिलो नम्बरमा छ । गुगल ट्रेन्डको गत एक महिनाको रिपोर्ट अनुसार विश्वमा च्याटजीपीटीबारे सबैभन्दा बढी खोजी गर्ने देशहरूको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ ।



    नेपालको मात्र नतिजा हेर्ने हो भने प्रयोगकर्ताहरूले गुगल सर्चमा च्याटजीपीटीको विषयमा थाहा पाउनका लागि सबैभन्दा बढी प्रयोग भएका शब्दहरूमा ‘च्याटजीपीटी’, ‘च्याटजीपीटी लगइन’, ‘च्याटजीपीटी एप’, ‘ह्वाट इज च्याटजीपीटी’ र ‘ओपन एआई’ रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार