Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय रविलाई तत्काल नदिने, सर्वोच्चको पूर्णपाठ पर्खने

    प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय रविलाई तत्काल नदिने, सर्वोच्चको पूर्णपाठ पर्खने

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नदिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने निर्णयमा पुगेका हुन् ।

    योग्यता सर्वोच्चबाट गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन भनेर दबाब दिन प्रधानमन्त्री प्रचण्डलाई दर्ई पटक भेटेका थिए । भने सरकारको सहयात्री एमालेले पनि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब दिएको थियो । तर लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्रालय नदिने र गृहमन्त्रालय पनि आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् ।



    मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पार्टी सचिव गणेश साहले लामिछानेको मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री नियुक्तीका बारेमा निर्णय नहुने जानकारी दिए । त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफूसँगै राख्ने उनले स्पष्ट पारे ।



    लामिछाने मंगलबार बिहानै प्रधामन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले आफूलाई ६ महिनाका लागि गैरसांसदका रूपमा गृहमन्त्री बनाउन माग गरेका थिए । गैर सांसद मन्त्री बन्ने संवैधानिक व्यवस्थाअनुसार नै आफूलाई गृहमन्त्रीमा फर्काउन उनको माग थियो । आफूलाई गृहमन्त्री नबनाए रास्वपा सरकारबाट बाहिरिने समेत सभापति रविले चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार