Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गृह मन्त्रालयका लागि गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

    गृह मन्त्रालयका लागि गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन्।

    पेरिस डाँडामा मंगलबार बसेको पदाधिकारी बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने, ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म सत्ता साझेदार दल इंगेज भइराख्ने गरी अघि बढ्छौँ। यो गठबन्धन नटुटोस् भन्नेमै मेरो कोशिस छ।’



    पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । आज बिहानमात्र रविले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै लामिछानेलाई अर्को मन्त्रालय लिन आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार