काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा लिखित रुपमा मागेका छन् ।
केहीदिनअघि मात्रै पत्रकार सम्मेलन गरेर अध्यक्षसहित कार्यसम्पादन समितिका ५ पदाधिकारीको राजीनामा मागेका उनीहरुले मंगलबार लिखित रुपमै राजीनामा मागेका हुन् ।
केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन् ।
भारतको सेभेन थ्री स्टार स्पोर्टस्लई नेपाल टि–२० लिग सञ्चालनको जिम्मेवारी दिएर गल्ती गरेको भन्दै उनीहरुले अध्यक्षको राजीनामा मागेका हुन् । उक्त लिगअन्तर्गतको खेलामा स्पट फिक्सिङ भएको थियो ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply