काठमाडौं । नेटफ्लिक्सले आगामी मार्च अन्तिमदेखि पासवर्ड सेयरिङको सुविधा बन्द गर्ने भएको छ ।
सब्सक्रिसन गर्नेहरूको संख्या घटेको भन्दै उसले पासवर्ड शेयरिङ प्रणाली हटाउने तयारी गरेको छ ।
नेटफ्लिक्सले अघिल्लो साता आफ्ना सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा आफ्ना प्रयोगकर्ताले पाउँदै आएको निःशुल्क पासवर्ड सेयरिङ सुविधा मार्च अन्त्यदेखि बन्द हुने जनाएको छ ।
यसअघि अक्टोबरमा नेटफ्लिक्सले कम्पनीको प्रयोगकर्तामा आएको कमी र घट्दो आम्दानीलाई दृष्टिगत गर्दै पासवर्ड सेयर गर्न शुल्क लिने बताए पनि कहिलेदेखि सुरु हुने भन्नेबारे खुलाएको थिएन ।
कम्पनीले एक प्रयोगकर्ताका लागि एउटा मात्रै ‘होम’ अकाउन्ट उपलब्ध हुने र बाँकी अतिरिक्त होमका लागि शुल्क लाग्ने घोषणा गरिसकेको छ ।
Leave a Reply