Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपति र गृह मन्त्रालयबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रपति र गृह मन्त्रालयबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 486
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयबारे पार्टीमा छलफल थालेका हुन् ।

    बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ ।



    रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ ।



    यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनी पदमुक्त भएका थिए ।

    त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालेका छन् । तर नागरिकता पुनर्प्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुन: आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् ।

    मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किएका छन् ।

    यस्तै, राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार