Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट

    बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 606
    SHARES

    काठमाडौं । थाइल्याण्ड भएको एएसबीसी एसियन यू-२२ महिला बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन् ।

    नेपाल बक्सिङ संघले मंगलबार विज्ञप्ती जारी गर्दै ऐतिहासिक मेडल जितेको अवार्ड स्वरुप उनलाई सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट गराउने जनाएको छ ।



    संघले जारी गरेको विज्ञप्तिमा यही माघ २४ देखि २६ गतेसम्म विभिन्न तौल समूहमा छनोट प्रतियोगिता गराउने जनाएको थियो ।



    ‘नेपाल बक्सिङ संघको निर्णय अनुसार ४८ किलो तौल समूहमा एसियन यू-२२ मा रजत पदक जितेको हुनाले अवार्ड स्वरुप सुष्मा तामाङलाई छनौट गरी सिधै वर्ड च्यम्पियनसिप प्रतियोगितामा सहभागी गराउने निर्णय गर्दै थप ५४ किलो तौल समूहको पनि छनौट गर्ने निर्णय भएको जानकारी गराउदछौं’, बक्सिङ संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् ।

    एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार